उपमहानगरले सडकबीचमा रहेका रुखमा ठुटा हटायो
धनगढी: धनगढी उपमहानगरपालिकाले सडकको मध्यभागमा रहेका रुखका ठुटा हटाएको छ।
धनगढी-४ स्थित शिवपुरी धामदेखि पश्चिम चटकपुर जोड्ने सडकमा रहेका सुकेका रुखका ठुटाहरु निकालिएको हो। उपमहानगरको विपद् व्यवस्थापन शाखाले डोजर लगाएर सालका ठुटा हटाएको हो।
कालोपत्र सडकमा रहेका सुकेका सालका रुख वन डिभिजन कार्यालय काटे पनि ठुटा यथावत रहदा दुर्घटनाको जोखिम बढेको थियो। सडक दुर्घटनाबाट बच्न र सहज आवागमन होस् भनेर रुखका ठुटा हटाएर सडक सम्याउने काम भएको विपद् व्यवस्थापन शाखा प्रमुख दिपक भण्डारीले बताए।