सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी र गोदावरीमा सर्पले टोकेर दुई बालक घाईते

२०८१ भदौ ९, ०५:३९ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी र गोदावरीमा सर्पले डसेर दुई बालक घाइते भएका छन्।

धनगढी उपमहानगरपालिका–१२ स्थित खोलामा खेल्ने क्रममा सर्पले डसेर एक बालक घाइते भएका हुन्। यस्तै गोदावरी नगरपालिका–१ मा १५ वर्षीय अर्का एक बालक पनि घाइते भएका छन्।

उनलाई घरमा सुतिरहेको अवस्थामा सर्पले डसेको थियो। घाइते दुबै बालकको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको प्रदेश आपतकालिन कार्य संचालन केन्द्र धनगढीले जनाएको छ।

कमेन्ट लोड गर्नुस