सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा साढे ४ लाख मूल्यको अबैध सामान बरामद

२०८१ भदौ ९, ०२:५० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा साढे ४ लाख मूल्यको अबैध सामान बरामद गरिएको छ।

शनिबार र आइतबार गरेर जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले तीन लाख ५ हजार, इलाका प्रहरी कार्यालय गड्डाचौकीले एक लाख २१ हजार ७१० र प्रहरी चौकी  परासनले २७ हजार ९६० गरेर ४ लाख ५४ हजार ६७० मूल्यको अबैध सामान बरामद गरेको हो।

चिनी, टेबुल, प्याज, तेल, नम्बर प्लेट, लेडिज ब्याग, काटा, रबर, बिन्दी, पाउडर, टप, नम्वर प्लेट नभएको एक थान मोटरसाइकल, एक थान स्कुटर साडी, चप्पल, जुत्ता, डाइरी, लेमिनेसन पेपर, डकुमेन्ट फईल, रिफिल र स्टेसनरीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस