सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीबाट १६ किलो लागुऔषधसहित एक महिला पक्राउ

२०८१ भदौ ८, ०७:५४ खबर संवाददाता

धनगढीः कैलालीबाट लागुऔषधसहित एक महिला पक्राउ परेकी छन्।

जिल्लाको गोदावरी नगरपालिका–२ तेघरी खानेपानी टोलबाट बझाङको बुंगल नगरपालिका–२ दहबगरकी ४५ वर्षीया मंगलीदेवी धामी पक्राउ परेकी हुन्। उनलाई १६ किलो १८० ग्राम लागुऔषधसिहत पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताए।

उनको घरको कोठा भित्र सेतोमा रातो धर्सेदार रंगको बोरा भित्र भुसामा लुकाई छिपाई राखेको लागुऔषध र नापतौल गर्ने तराजुसहित फेला पारी नियन्त्रणमा लिएको प्रमुख प्रहरी नायव उपरीक्षक थापाले बताए।
 

कमेन्ट लोड गर्नुस