सुदूर नेपाललाई विश्वसँग जोड्दै

संस्कृतमा आचार्य उत्तीर्ण गरेका दमाईलाई धनगढीमा सम्मान   

२०८१ भदौ ८, ०९:३५ खबर संवाददाता

धनगढीः संस्कृत साहित्यमा दलित समुदायबाट पहिलो पटक आचार्य उत्तीर्ण गरेका कृष्णबहादुर दमाईलाई धनगढीमा सम्मान गरिएको छ।

आज एक कार्यक्रमका बिच धनगढी उपमहानगरपालिकाले कञ्चनपुरको भीमदत्त नगरपालिका-३ का दमाईलाई सम्मान एवं बधाई ज्ञापन गरिएको जनाएको छ। दमाई नेपाल संस्कृत विश्वविद्यालय बेलझुन्डी दाङबाट संस्कृत साहित्यमा आचार्य उत्तीर्ण गरेका छन्।

कमेन्ट लोड गर्नुस