सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी र कैलारीबाट भन्सार छलीका सामान बरामद

२०८१ भदौ ८, ०७:५८ खबर संवाददाता

धनगढीः कैलालीको धनगढी र कैलारीबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा, धनगढी उपमहानगरपालिका–४ दक्षिणकाली र कैलारी गाउँपालिका–२ बसौतीबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी १ लाख २६ हजार १५० मूल्य बराबरको सामान बरामद गरिएको हो।

उक्त स्थानबाट कुर्ती, धोती, साडी, लेहंगा, प्लाजु, थान कपडा, सिलिङ पङ्खा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली र हसुलियाबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

कमेन्ट लोड गर्नुस