सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट लागूऔषध र वन मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८१ भदौ ७, ०८:४५ खबर संवाददाता

धनगढीः कैलालीबाट लागूऔषध र वन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

लागूऔषध मुद्दामा २ महिना २८ दिन कैद सजाय तोकिएकी धनगढी उपमहानगरपालिका–७ बस्ने अनुष्का सिह, वन मुद्दामा ८ हजार १२५ जरिवाना तोकिएको जानकी गाउँपालिका–८ बस्ने लालबहादुर चौधरी र वन मुद्दामै ५९ हजार १३६ जरिवाना तोकिएको टिकापुर नगरपालिका–९ बस्ने नमराज बुढा पक्राउ परेका हन्।

जिल्ला अदालत कैलालीको बिभिन्नु मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भएपछि फरार रहेका तीनै जनालाई बिहीवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस