सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

२०८१ भदौ ७, ०८:०१ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा चोरी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका-१० बस्ने ५० वर्षीय दौलतराम महर बिहीवार पक्राउ परेका हुन्।

कञ्चनपुर जिल्ला अदालतको मिति २०८१ जेठ २५ गतेको फैसलाले चोरी मुद्दामा २ वर्ष कैद सजाय र २० हजार जरीवाना तोकेपछि महर फरार रहेका थिए। महरलाई प्रहरी चौकी जिमुवाबाट खटिएको प्रहरी टोलीले बिहीवार उनकै घरबाट पक्राउ गरेको बताएको छ।

कमेन्ट लोड गर्नुस