सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा सर्पले डसेर दुई जना घाइते

२०८१ भदौ ६, ०९:२९ खबर संवाददाता

बैतडीः बैतडीमा सर्पले डसेर दुई जना घाइते भएका छन्।

जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ विनायककी ३० वर्षीया धौली चन्द सर्पले डसेर घाइते भएकी छन्। उनलाई घाँस काट्नेक्रममा सर्पले डसेको थियो।

यस्तै मेलौली नगरपालिका–३ बागगोठका १८ वर्षीय धिरेन्द्र ठगुन्ना घाइते भएका छन्। घाइते दुबै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस