सुदूर नेपाललाई विश्वसँग जोड्दै

पित्तथैलीको अप्रेसन गरेका एक जना बिरामीको मृत्यु, चिकित्सकको लापरवाहिले मृत्यु भएको भन्दै आफन्त आन्दोलित

। फोटो स्रोत ।
२०७६ जेठ ३०, ०५:२२

काठमाडौँमा एक जना पित्तथैली बिरामीको अपरेसन गर्ने क्रममा मृत्यु भएको छ। पित्तथैलीमा समस्या देखिएपछि चावहिलस्थित ओम अस्पताल भर्ना भएकी सिन्धुपाल्चोक इन्द्रवातीकी ५० वर्षीया रामप्यारी थापाको मृत्यु भएको हो उनको मृत्युपछि मृतकका आफन्त आन्दोलित भएका छन्।  चिकित्सकको लापरबाहीका कारण अपरेसनका क्रममा बिरामीको मृत्यु भएको भन्दै आफन्त आन्दोलनमा उत्रिएका हुन्।

गत शुक्रबार अस्पतालमा भर्ना भएकी थापाको बिहीबार मृत्यु भएको उनका आफन्तले बताएका छन्। आइतबार विरामीको आन्द्राबाट दिसा आउन थालेपछि उपचारका संलग्न चिकित्सकले पुनः अपरेसन गर्नुपर्ने बताएकोमा उनको आइतबार फेरि अपरेसन गरिएको थियो। परिवार तथा आफन्तले अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै अस्पताल परिसरमा नाराबाजी गरेका हुन्। अस्पतालले यस विषयमा केही प्रतिक्रिया नदिएको आफन्तको आरोप छ।

कमेन्ट लोड गर्नुस