सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको मोहना, कान्द्रा नदीमा बाढी, सतर्क रहन आग्रह

२०८१ भदौ ६, ०८:१९

धनगढीः कैलालीको अधिकांश स्थानमा पछिल्लो ३ घण्टामा भारी वर्षा भएको छ।

कैलालीको मोहना, कान्द्रा लगाएत नदीमा बाढी आएको छ। मङ्गलवार रातिदेखिको वर्षाले मोहना, कुलरिया, कान्द्रा, घुराहा लगायत अन्य सहायक नदीहरूमा आकस्मिक बाढी तथा होचो भू–भागमा डुबानको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले नदी क्षेत्र तथा नदीका कारण डुबान हुने भू–भागका नागरिकहरूलाई सतर्क रहन भनेको छ। पूर्वी कैलालीका धेरे स्थानमासमेत वर्षाको पानीका कारण डुबान भएका छन्।

कमेन्ट लोड गर्नुस