धनगढीमा स्कारपिओले अटोलाई ठक्कर दिँदा दुई जना घाइते
धनगढीः कैलालीको धनगढीमा स्कारपिओले अटोलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्।
धनगढी उपमहानगरपालिका–३ होण्डा सोरुम नजिक धनगढी– ६का केशवराज जोशीले चलाएको ना १३ च ४०२८ नम्बरको स्कारपिओले सुदूरपश्चिम प्रदेश ०१००१ स ६९०३ नम्बरको अटोलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
उक्त दुर्घटनामा परेर अटो चालक धनगढी–७ का दयाशंकर चौधरी र खगेन्द्र चौधरी घाइते भएका छन्। घाइते दुबै जनाको केजी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।