सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा अवरुद्ध विद्युत सेवा सुचारु गर्न ढिलाई भएपछि स्थानीय आन्दोलित

२०७६ जेठ ३०, ०४:०९

धनगढीमा हावाहुरीपछि अवरुद्ध भएको विद्युत सेवा सुचारु गर्न ढिलाई भएको भन्दै स्थानीय आन्दोलित भएका छन्। विद्युत अवरुद्ध भएको एक हप्ता सम्म पनि सुचारु नहुँदा चर्को गर्मी खप्न बाध्य भएको भन्दै धनगढी उपमहानगरपालिका वडा नम्बर २ का स्थानीय आन्दोलित भएका हुन्। उनीहरुले विद्युत सेवा सुचारु गर्न माग गर्दै  वडा कार्यालय र विद्युत प्राधिकरण धनगढी वितरणको कार्यालय घेराउ गरेका छन्। प्राधिकरणको ढिलासुस्तीका कारण विद्युत लाईन मर्मत तथा पोल गाड्ने काम नभएको भन्दै उनीहरुले घेराउ गरेका हुन्।  वडा नम्बर २ वैया बेहडी क्षेत्रका स्थानीयले वडा र प्राधिकरणको कार्यालय घेराउ गरी धर्ना समेत दिएका थिए। स्थानीय भगवती शर्माले निर्वाचित जनप्रतिनिधी र कर्मचारीले अवरुद्ध विद्युत सेवा सुचारु गर्न पहल नगरेकाले आन्दोलन गर्न बाध्य भएको बताईन्। तर नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले भने जनशक्ति अभावको कारण देखाउदै सबै क्षेत्रमा विद्युत सुचारु गर्न अझै समय लाग्ने दावी गरेको छ। 
 

कमेन्ट लोड गर्नुस