सुदूर नेपाललाई विश्वसँग जोड्दै

संविधान संशोधनका लागि सबै दललाई साथ लिएर अघि बढ्छौँ : देउवा

२०८१ भदौ ४, ०८:३६

काठमाडौँ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका लागि सबै राजनीतिक दलहरूलाई साथमा लिएर अघि बढ्ने बताएका छन्। 

लोकतन्त्रप्रति प्रतिबद्ध कांग्रेस र एमालेले संविधान संशोधनका लागि गरेको सहमति सबै दललाई साथमा लिएर अघि बढाउनका लागि भएको देउवाको भनाई थियो। मंगलबार नेपाली काँग्रेसका नेता एवं समाजवादी चिन्तक स्व प्रदीप गिरीको स्मृतिमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ठुलो दुई पार्टी बिचको संविधान संशोधन गर्ने सहमतिलाई अन्य दलहरूले आफ्नो खिलाफको रूपमा लिन नहुने पनि बताए।

सभापति देउवाले संविधान संशोधनको क्रममा उपराष्ट्रपतिलाई नै राष्ट्रिय सभाको अध्यक्ष बनाउन सकिने विषयमा पनि अन्य दलको सहमति भए आफूहरूले सो विषयमा पनि संविधान संशोधन गरेर अघि बढन तयार रहेको बताए। सभापति देउवाले सबै पक्षसँग छलफल गरेर मात्रै आफूहरू अघि बढ्ने पनि बताए। 

सभापति देउवाले दुई ठुला पार्टीबिचको सहमतिमा आउनु मुलुकका लागि आवश्यक रहेको पनि बताए।
 

कमेन्ट लोड गर्नुस