सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा बाल यौन दुरुपयोग गर्ने राना पक्राउ 

२०८१ भदौ ४, ०८:४८ खबर संवाददाता

धनगढी: धनगढीमा बाल यौन दुरुपयोग गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ।

१२ वर्षीया बालिकामाथि बाल यौन दुरुपयोग गर्ने धनगढी उपमहानगरपालिका–१० जुगेडा बस्ने ५८ वर्षीय सुखदेव रानालाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीका अनुसार रानाले बालिकामाथि २८ साउनमा आफ्नो राइस मिलमा गएको मौकामा बालिकाको संवेदनशील अंगमा छोएर दुर्ववहार गरेको बताए।

उक्त व्यहोरापछि बालिकाको परिवारले भदौ २ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएपछि सोही दिननै रानालाई पक्राउ गरिएको कार्कीले बताए।

कमेन्ट लोड गर्नुस