सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामबाट भन्सार छलीका सामानसहित कैलालीका एक जना पक्राउ

२०८१ भदौ ४, ०८:२४ खबर संवाददाता

धनगढीः अछामबाट भन्सार छलीका सामानसहित कैलालीका एक जना पक्राउ परेका छन्।

धनगढीबाट अछामको मंगलसैन तर्फ जांदै गरेको ना ५ ख २४७५ नम्बरको बसलाई चेकजाँच गर्दा कैलालीको घोडाघोडी नगरपालिका–१ सुख्खड बस्ने ३४ वर्षीय माधव बिकले लैजांदै गरेको बिल नभएका कपडासहित बिकलाई पक्राउ गरिएको प्रहरी चौकी चौखुट्टेले जनाएको छ। बिकको साथबाट २ लाख ३ हजार ४५० मूल्य बराबरको ट्रयाक, टि–सर्ट, हाप पाईन्ट, उइनचिटर,  टाउजर लगायतका सामान प्रहरी चौकी चौखुट्टेले नियन्त्रणमा लिइएको जनाएको छ।

कमेन्ट लोड गर्नुस