सुदूर नेपाललाई विश्वसँग जोड्दै

हटेन कैलालीको बसन्ता क्षेत्रमा पर्ने हुलाकी सडक निर्माणको अन्यौलता

फोटोः अविनाश चौधरी
फोटोः अविनाश चौधरी
२०७६ जेठ ३०, ०२:०४ कमल सावद

निर्माणको नौ वर्ष हुँदा पनि कैलालीको बसन्ता वन क्षेत्रको दुई किलोमिटर सडक निर्माणको अन्यौलता कायमै रहेको छ। बसन्ता वन क्षेत्रको दुई किलोमिटर सडकको पुनः वातावरणीय प्रभाव मुल्याँकन गर्ने निर्णय भएपनि मुल्याकनका लागि गठन भएको समितिले फाईल अझै मन्त्रालयमा बुझाएको छैन्।

समितिले फाईल नबुझाएपछि वन क्षेत्रमा काम गर्न नसकिएको हुलाकी सडक योजना कार्यालय धनगढीले जनाएको छ। जसका कारण बसन्ता वन क्षेत्रको दुई किलोमिटरको काम सुरु नै भएको छैन्। वन क्षेत्रका विवादका कारण काम सुरु नभएको हो। वन तथा वातावरण मन्त्रालयले पठाएको समितिले पुनः मुल्याकनको फाईल मन्त्रालयमा बुझाएको छैन्।

बसन्ता वनको फाईल नआएको मन्त्रालयका सूचना अधिकारी कृष्ण प्रसाद आर्चायले जानकारी दिए। उनले पुनःमुल्याकनको फायल नआएका कारण काम अगाडी नबढेको बताए। धनगढी क्यापस चौक–मोहनापुल सम्मको ६ दशमलव ५ किलोमिटरमा पनि विवाद रहेकोमा अहिले समाधान भएको छ। कैलाली खण्डको ४४ किलोमिटरर क्षेत्रमा भने सडक कालोपत्रे भएको हुलाकी सडक योजना कार्यालय धनगढीका प्रमुख रामपुकार जैसवालले बताए।  

सडक निर्माण सुरु भएको नौँ वर्ष वितिसक्दा समेत कैलाली–कञ्चनपुरमा ८० किलोमिटर सडक निर्माण गर्न बाँकी छ। कैलाली खण्डको ६२ किलोमिटरमा १८ किलोमिटर बाँकी छ भने, कञ्चनपुर खण्डको ६२ किलोमिटर नै सडक निर्माण बाँकी छ। 

हुलाकी सडक क्षेत्रमा पर्ने कैलालीका १२ पुलमा ११ पुलको निर्माण कार्य पूर्ण भएको योजना कार्यालयले जनाएको छ।कान्द्रा नदीमा निर्माणाधिन रहेको पुलको भने एक वर्ष अगाडी नै समय अवधी सकिएको छ। तर निर्माण कम्पनीले म्याद थपका लागि निवेदन दिएपनि थपिएको छैन्। गत असारमा थपिएको पुल निर्माणको समय अवधि अझै नथपिएको हो। लामा–शाल्पा–शेर्पा जेभीले पुल निर्माणको आधा काम गरेको छ।  

बाँकी कैलाली र कञ्चनपुर क्षेत्रको सडक निर्माणको काम पनि जारी रहेको आयोजना कार्यालयले जनाएको छ। ६२ किलोमिटरमा कञ्चनपुर क्षेत्रमा काम सुस्त गतीमा भइरहेको छ। चालु आर्थिक बर्षमा कञ्चनपुरको केहि खण्डमा कालोपत्रे गर्ने तयारी रहेको हुलाकी सडक योजना कार्यालयले जनाएको छ। 
 

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस