सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा पहिरोले घर च्यापिँदा ४ बेपत्ता

२०८१ भदौ ३, ०७:५८ खबर संवाददाता

बझाङः बझाङमा पहिरोले घर च्यापिँदा ४ बेपत्ता भएका छन्।

जिल्लाको बुङ्‍गल नगरपालिका-१० स्थित टुमेडामा एक घरमाथिबाट पहिरो जाँदा ४ जना बेपत्ता भएका हुन्। बिरा धामीको घर माथिबाट पहिरो खस्दा बिरा धामीका श्रीमती बुहारी र दुई जना नातिनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। घरमा ९ जना सदस्य रहेको भएपनि ५ जनाको जिवितै उद्दार गरिएको छ भने चार जना बेपत्ता भएको प्रहरीले जनाएको हो। घरमाथिबाट राति १ बजे पहिरो खसेको थियो। उद्दारका लागि झापा प्रहरी चौकीबाट प्रहरी टोली खटिएका छन्।

कमेन्ट लोड गर्नुस