सुदूर नेपाललाई विश्वसँग जोड्दै

वातावरणीय प्रभाव मूल्याङ्नमा ढिलाई हुँदा सेती लोकमार्गको काम प्रभावित

२०७६ जेठ ३०, ११:४३ कमल सावद

वतावरणीय प्रभाव मुल्याङकन गर्नमा भएको ढिलाईले सेती लोकमार्गको दक्षीण खण्डको काम प्रभावित भएको छ। वतावरणीय प्रभाव मुल्याङन प्रतिवेदनको फाईल वन मन्त्रालयमै अड्किएपछि प्रदेशको समृद्धिसंग जोडिएको लोकमार्गको दक्षिणी खण्डको काम प्रभावित भएको हो। सेती लोकमार्गको दक्षिणी खण्डको वतावरणीय प्रभाव मुल्याँकन गरेर  संघिय वन मन्त्रालयमा पठाईएको भएपनि फाईल फिर्ता नआएपछि काम प्रभावित छ।

लोकमार्गको उत्तरी खण्डको काम चलिरहेको भएपनि दक्षिण खण्डको काम भने सोही कारण ठप्प रहेको छ। वनकै कारण कैलालीको बौनिया–तेलेगाड ८४ किलोमिटर सडक खण्डको काम एक वर्ष देखि रोकिएको छ। सेती लोकमार्गको टिकापुर–लोडे–चैनपुर सडक खण्डका सूचना अधिकारी दुर्गा मण्डलले दक्षिणी खण्डको काम वनका कारण रोकिएको बताए। 

अछाम–बाजुरा ३५ किलोमिटर सडकको वातावरणीय प्रभाव मुल्याँकनको काम पनि अगाडी बढेको छैन्। लोक मार्ग अन्तरगत कैलालीको बौनिया देखि बझाङको चैनपुरसम्मको  दुई सय ४२ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य राखिएकोमा एक सय २० किलोमिटरमा ट्र्याक खोलिएको योजना कार्यालयको दावी रहेको छ। कैलालीको बौनिया–कालापानी क्षेत्रमा पाँच किलोमिटर सडक चालु आर्थिक वर्षमा ग्रावेल गरिएको छ।

तर वन क्षेत्रमा सडक निर्माणको अन्य काम भने रोकिएको छ। वनका कारण सडक निर्माणको काम रोकिएको मण्डलले बताए। उनले वन क्षेत्रमा कल्भड र सल्याप निर्माणको काम भने जारी छ।  उत्तरी खण्डको चैनपुर–ताक्लाकोट एक सय १७ किलोमिटर क्षेत्रमा निर्माणको काम जारी रहेपनि तिव्रता पाउन सकेको छैनन्। उक्त खण्डमा वन क्षेत्र बाधक छैन्।

उच्च हिमाली क्षेत्र भएकले वनले समस्या नगरेको योजना कार्यालयले बताएको छ। उच्च क्षेत्र भएकाले ईन्धन ढुवानीमा समस्या हुदा काममा ढिलाई भइरहेको दावी गरिएको छ। हिउँका कारण तीन महिना रोकिएको काम सुचारु भएपनि ईन्धन आपूर्ती गर्न नसक्दा काम सुस्त रहेको उत्तरी खण्डका सूचना अधिकारी दानबहादुर चन्दले बताए। २०७४ सालमा ठेक्का सम्झौता गरिएको उक्त सडकमा चालु आर्थिक वर्षमा  १४ किलोमिटर सडकको निर्माण सम्पन्न भएको दावी  गरिएको छ भने थप पाँच किलोमिटरको ट्रयाक बताईएको छ।
  

 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस