सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट साढे छ लाख बढीको तस्करीको सामान बरामद

२०८१ भदौ २, ०७:२२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले लाखौँ मुल्य बराबरको तस्करीको सामान बरामद गरेको छ।

अस्थायी प्रहरी बिट महेन्द्रनगरले अन्दाजी ८३ हजार २ सय, इलाका प्रहरी कार्यालय गड्डाचौकीले ४लाख ८ हजार, इलाका प्रहरी कार्यालय बेलौरीले ३४ हजार मुल्य बराबरको तस्करीको सामान बरामद गरेको छ।

यस्तै अस्थायी प्रहरी बिट भासीले १ लाख ५ हजार ७९ रुपैँया,अस्थायी प्रहरी  बिट मझगाँउले ९ हजार एक सय, र अस्थायी प्रहरी बिट सुकाशालले ३० हजार २ सयको सामान बरामद गरेको छ। विभिन्न इलाका प्रहरी कार्यालय र प्रहरी बिटबाट खटिएको प्रहरी टोलिले करिब ६ लाख ६९ हजार ५७९ मुल्य बराबरको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

बरामद गरेको  सामान थानको कपडा, प्लाष्टिक,सुट, पाइप, जाली, चिनी, तेल, सर्ट,सारी ,चप्पल, लेडीज सुट,साइकलको ट्युब,जुत्ता लगाएत कस्मेटिक समान फेला पारी कारवाहीको लागि भन्सार कार्यालय पठाएको छ।
 

कमेन्ट लोड गर्नुस