सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

२०८१ भदौ २, ०७:३४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

जिल्लाको भीमदत्त नगरपालिका–१६ बसन्तपुर र बेलौरी नगरपालिका–६ ढक्काबाट अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ४३ हजार एक सय मूल्य बराबरको भन्सार छलीको सामान प्रहरीले बरामद गरेको हो।

उक्त मूल्य बराबरको फलामको पाईप, फलामको बर्मा, सेतो प्लाष्टिक, टेबुल लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।
 

कमेन्ट लोड गर्नुस