सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गर्न ढिलाई

२०७६ जेठ ३०, ०७:४१ रोशन भट्ट

कैलालीमा वेरोजगार युवालाई स्वरोजगार बनाउने लक्ष्य सहित सञ्चालन गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गर्न ढिलाई भएको छ। गत फागुन १ गते देखि लागु भएको प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गर्न स्थानीय तहले ढिलाई गरेका हुन्। कैलालीका स्थानीय तहहरुले सूचना जारी गर्दै रोजगार कार्यक्रमका लागि  दुई चरणमा आवेदन संकलन गरेका भएपनि अन्य प्रक्रिया सुरु नगरेको पाईएको हो।  

जिल्लाका १३ वटै स्थानीय तहमा रोजगारीका लागि हजारौँ युवाहरुले आवेदन दिएपनि छनौट प्रक्रिया नै सुरु गरिएको छैन्। आवेदनकर्ता मध्येबाट छनौट हुनेले तत्काललाई ३० दिनको रोजगारी पाउने भएपनि छनौटमा ढिलाई गरिदा अन्यौलता देखिएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ८२ लाख बजेट पाएको गोदावरी नगरपालिकाले दुई चरणमा गरी झण्डै पाँच हजार वेरोजगार आवेदन परेपनि छनौट प्रक्रिया सुरु गरेको छैन्। गोदावरी नगरपालिकाका रोजगार संयोजक रामलाल भट्टले आउँदो असार १÷२ गते देखि छनौटको प्रक्रिया सुरु गरिने बताए। उनले हावाहुरीका कारण प्रक्रिया पछाडी धकेलिएको जनाए।  

कतिपय स्थानीय तहले संकलित आवेदन मध्येबाट रोजगारीका लागि युवाहरु छनौट गरेका छन् तर कामको बाडफाड भने गर्न नसकेको पाईएको छ। झण्डै १४ हजार बढि आवेदन परेको धनगढी उपमहानगरपालिकाले ३० दिने रोजगारीका लागि ६ सय जना छनोट गरेको छ। तर उनीहरुको खटनपटन गर्न भने ढिलाई गरिएको छ। यो वर्षको हकमा ३० दिनको रोजगारी प्रदान गरिने भनिएपनि असार सुरु हुने बेला सम्म छनौट पछिका काम अगाडी बढेका छैनन।

उप–महानगरपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक चन्द्रबहादुर महाराले छनौट भएका युवालाई काममा परिचालन गर्ने तयारी भएको बताए। ४४ लाख वजेट पाएको कैलारी गाउँपालिकामा पनि १५ हजार भन्दा बढी वेरोजगार आवेदन परेको भएपनि व्यत्ति छनोट गर्ने कार्य पुरा भएको छैन ।  

बेरोजगार युवालाई स्वरोजगार बनाउने लक्ष्य लिएको कार्यक्रम कार्यान्वयनमा ढिलाई भएपछि लक्ष्य अनुसारको काम नहुने देखिएको छ। कार्यक्रम अन्तरगत तत्काललाई ३० दिनको रोजगारी दिने भनिएपनि आर्थिक वर्षको एक महिना मात्र बाँकी रहेका बेला छनौट नै नभएपछि बजेटको दुरुपयोग हुने आशंका गरिएको छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस