सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोहन बैद्य किरणको क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशन मंसिरमा

२०८१ साउन ३२, ०८:२७ खबर संवाददाता

काठमाडौंः मोहन बैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीले मंसिरमा महाधिवेशन गर्ने भएको छ।

साउन २६ देखि २९ गतेसम्म चलेको महाधिवेशन आयोजक समितिको बैठकले महाधिवेशनको मिति तय गरेको छ। मंसिर १३ देखि २३ गतेसम्म एकता राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरिएको प्रवक्ता सुदर्शनले बताए।

बैठकले पार्टीबाट अलग भएका धर्मेन्द्र बास्तोलासहितका नेताहरुलाई निस्कासन गरेको छ। साथै अराजक गतिविधि गरेको भन्दै भूपेन्द्र न्यौपाने, शेरबहादुर बोगटी र हरिकृष्ण गजुरेल लगायतलाई पनि निस्कासन गरिएको शुक्रवार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

कमेन्ट लोड गर्नुस