सुदूर नेपाललाई विश्वसँग जोड्दै

साझा विवेकशिलद्धारा ओलानी क्षेत्रमा तीन दिनमा आठ हजार लिटर पानी वितरण

२०७६ जेठ २९, ०८:३६ खबर संवाददाता

साझा विवेकशिल पार्टीले तीन दिनको अवधीमा कैलालीको गोदावरी नगरपालिकाको ओलानी क्षेत्रमा आठ हजार लिटर बढि पानी वितरण गरेको छ। साझा पार्टीले गत बीहिबारको हावाहुरीपछि विद्युत अवरुद्ध भएपछि ओलानी क्षेत्रमा पर्ने गोदावरी नगरपालिकाको वडा नम्बर १०, ११ र १२ का स्थानीयलाई जार तथा बोतल गरी आठ हजार एक सय एक सय ४० लिटर पानी वितरण गरिएको जनाएको छ।

पार्टीको सुदूरपश्चिम अभियान विभाग प्रमुख विनोद मल्लले हावाहुरीका कारण विद्युत अवरुद्ध भएपछि खानेपानी सेवाबाट पूर्ण रुपमा वञ्चित भएका ओलानीका नागरिकलाई आईतबारदेखि मंगलबार सम्म गरी उक्त पानी वितरण गरिएको जानकारी दिए। ओलानी क्षेत्रमा आज विद्युत सुचारु भएपछि डिप ट्युवेलको पानी सञ्चालनमा आएका कारण तत्काललाई वितरणको काम सकिएको मल्लले बताए। उनले विद्युत अवरुद्ध भएमा फेरी पनि ओलानीका नागरिकलाई पानी वितरण गरिने जानकारी दिए। 

कमेन्ट लोड गर्नुस