सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीमा सर्पले टोक्दा एक जना घाइते

२०८१ साउन ३१, ०८:५१ खबर संवाददाता

धनगढीः कैलालीमा सर्पले टोकेर एक जना घाइते भएका छन्।

जिल्लाको गोदावरी नगरपालिका–४ बसन्ताका ४० वर्षीय सुरेश मगर सर्पले टोक्दा घाइते भएका छन्। सुरेशको दाहिने खुट्टाको बुढी औँलामा सर्पले टोकेको हो। घाइते सुरेशको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस