धनगढीमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते
२०८१ साउन ३१, ०७:३७
धनगढीः कैलालीको धनगढीमा मोटरसाइकलको ठक्करबाट एक जना बालक घाइते भएका छन्।
धनगढी उपमहानगरपालिका–११ बेलाका १२ वर्षिय विवेक बिक मोटरसाइकलको ठक्करबाट घाइते भएका हुन।
सोहि ठाउँकी सर्मिला चौधरीले चलाएको से ६प ९६०६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बिक घाइते भएका हुन। उनको मायामेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस