सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज चार संसदीय समितिको बैठक बस्दै 

२०८१ साउन ३१, ०८:०० खबर संवाददाता

काठमाडौँ: आज चार वटा संसदीय समितिको बैठक बस्दैछ।

बैठक बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बस्दै छ। सो बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ। यस्तै दिउँसो ३ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ सम्बन्धी उपसमितिको प्रतिवेदन पेस तथा प्रतिवेदन माथि छलफल हुनेछ।

यस्तैगरी दिउँसो ३ बजे नै बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) बैठकमा समितिको सभापति पदको निर्वाचन सम्बन्धमा छलफल हुनेछ।दिउँसो ३ बजे नै बस्ने संसदीय सुनुवाइ समितिमा पनि समितिको सभापति पदको निर्वाचन सम्बन्धमा छलफल हुनेछ।

कमेन्ट लोड गर्नुस