मुख्यमन्त्री शाहको पक्षमा मतदान गर्न काँग्रेस र एमालेको ह्विप
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको पक्षमा विश्वासको मत हाल्न भन्दै काँग्रेस र एमालेले ह्विप जारी गरेको छ।
नेपाली काँग्रेसका प्रमुख सचेतक विक्रमसिह धामी र एमालेका प्रमुख सचेतक चक्रबहादुर मल्लले मुख्यमन्त्री कमलबहादुर शाहको पक्षमा मतदान गर्न भन्दै ह्विप जारी गरेका हुन।
राजनीतिक दलसँग सम्बन्धित कानूनमा कुनै पनि राजनीतिक दलले आफ्ना सांसदहरुलाई पक्ष वा विपक्षमा मतदान गर्न ह्विप लगाउन सक्ने प्रावधान छ। संसदीय दलले लगाएको ह्विप उलंघन गरेमा कारवाहीको प्रावधान पनि रहेको छ।
काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाह साउन २० गते मुख्यमन्त्री भएका थिए। काँग्रेसका १८ र एमालेका ११ प्रदेश सभा सदस्यको हस्ताक्षरमा मुख्यमन्त्री नियुक्त भएका शाहलाई नागिरिक उन्मुक्तिले समेत विश्वासको मत दिने भएको छ।