सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा तीन लाख मूल्यको अवैध सामान बरामद

२०८१ साउन ३०, ०३:०० खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा तीन लाख मूल्यको अवैध सामान बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले १ लाख ७५ हजार ३०, वडा प्रहरी कार्यालय महेन्द्रनगरले ७८ हजार ३५० र प्रहरी चौकि झोलुङगेले १ लाख ८० हजार गरि करिब ३ लाख ६५ हजार ८८० मूल्य बराबरको भन्सार छलीको सामान प्रहरीले नियन्त्रणमा लिएको हो। 

६ थान टिभी, जुत्ता, छापाखानामा प्रयोग हुने मसी, किला कब्जा, पेन्ट, नटबोर्ड र भारतिय नम्वरको एक थान मोटरसाइकल बरामद गरी थप कारवाहीको लागि गड्डाचौकी भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस