सुदूर नेपाललाई विश्वसँग जोड्दै

दशहरा मेलालाई लक्षित गरी धनगढी–बेहडाबाबा निःशुल्क बस सेवा सञ्चालन

२०७६ जेठ २९, ०३:२६

मंगलबारदेखि धनगढीको बेहडाबाबा मन्दिरमा लागेको गंगादशहरा मेलालाई लक्षित गरी धनगढी–बेहडाबाबा निःशुल्क बस सेवा सञ्चालन गरिएको छ। धनगढी उप–महानरपालिकाले मेला भर्न जाने श्रद्धालु भक्तजनहरुको सहजताका लागि आजदेखि निःशुल्क बस सेवा सञ्चालन गरिएको जनाएको छ। धनगढी उप–महानगरपालिकाका नगर पमुख  नृप बहादुर वडले बस व्यवसायीहरुसंगको सहकार्यमा दुई दिनका लागि निःशुल्क बस सेवा सञ्चालनमा ल्याईएको बताए। उप–महानगरपालिकाले धनगढी–बेहडाबाबा मन्दिर सम्म आज र भोली पाँच वटा बस निःशुल्क सञ्चालन गरेको छ। धार्मिक तथा पर्यटकीय स्थल बेहडाबाबा मन्दिरमा मंगलबारदेखि गंगादशहरा मेला सुरु भएको हो।
 

 

कमेन्ट लोड गर्नुस