गितादेवी बनिन् माओवादी सुदूरपश्चिमको प्रमुख सचेतक
धनगढीः गितादेवी माल नेकपा माओवादी सुदूरपश्चिमको प्रमुख सचेतक बनेकी छन्।
सुदूरपश्चिम प्रदेशसभामा माओवादी केन्द्रको संसदीय दल प्रमुख सचेतकमा माल चयन भएकी हुन्। उपनेता अक्कलबहादुर रावलका अनुसार संसदीय दलको बैठकले प्रदेश सभा सदस्य माललाई प्रमुख सचेतकमा चयन गरेको हो।
प्रमुख प्रतिपक्षी दल समेत रहेको माओवादी केन्द्रले प्रमुख सचेतक चयन गरेको जानकारी प्रदेश सभा सचिवालयलाई गराइसकेको छ। यसअघि माओवादीको प्रमुख सचेतकमा मानबहादुर धामी थिए। उनी संसदीय दलको नेता भएपछि प्रमुख सचेतक पद खाली थियो।