सुदूर नेपाललाई विश्वसँग जोड्दै

बारामा एकै परिवारका ३ बालबालिकाको मृत्यु

२०८१ साउन २९, ११:२६ खबर संवाददाता

काठमाडौँ: बाराको सिम्रौनगढमा एकै परिवारका तीन जना बालबालिकाको मृत्यु भएको छ। सिम्रौनगढ नगरपालिका–७ झवानी टोल निवासी नरेश रामका तीन जना छोराछोरी ९ वर्षीया लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय कृष्णनन्दन रामको मृत्यु भएको हो।

घर नजिकैको पोखरीबाट ल्याएको माछासँग भात खाएर सुतेका उनीहरू शनिबार राति सिकिस्त बिरामी भएका थिए। बिरामी भएपछि अस्पताल लगिएका उनीहरूको सोमबार उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी प्रकाश सापकोटाले जानकारी दिए।

खाना खाएपछि पेट दुख्ने, बान्ता हुने र झाडापखाला लाग्ने समस्या भएपछि बालबालिकालाई अभिभावकले अस्पताल पु¥याएका थिए। परिवारका सबै सदस्यले माछासहितको खाना खाए पनि अभिभावक भने बिरामी नपरेका डीएसपी सापकोटाले बताए।

मृतक तीनैजना बालबालिकाको शव पोष्टमार्टमपछि अभिभावकलाई जिम्मा लगाइएको छ। माछा विषाक्त भएका कारण उनीहरू बिरामी परेको प्रहरीको आशंका छ । घटना विषयमा थप अनुसन्धान गरिरहेको डिएसपी सापकोटाले बताए।

कमेन्ट लोड गर्नुस