चोरी मुद्दामा फरार रहेका धनगढीका एक युवक पक्राउ
२०८१ साउन २९, ०७:३१
धनगढीः चोरी मुद्दामा फरार रहेका धनगढीका एक युवक पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–५ बस्ने २६ वर्षीय हृदय शाही पक्राउ परेका छन्। शाहीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको जनाएको छ। जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा ३ महिना १९ दिन कैद सजाय र ११ हजार ५ सय जरिवाना तोकेपछि शाही फरार रहेका थिए।
कमेन्ट लोड गर्नुस