सुदूर नेपाललाई विश्वसँग जोड्दै

हावाहुरीमा परी ज्यान गुमाएका परिवारलाई गोदावरी नगरपालिकाले २५ हजार राहात दिने

२०७६ जेठ २९, ०१:५५ खबर संवाददाता

कैलालीको गोदावरी नगरपालिकाले हावाहुरीमा परी ज्यान गुमाएका परिवारलाई राहात स्वरुप २५ हजार राहात दिने निर्णय गरेको छ। आज बसेको नगर कार्यपालिका बैठकले मृतकका परिवारलाई २५ हजार राहात दिने निर्णय गरेको नगर प्रमुख हरी साउँदले जानकारी दिए।

यस्तै हावाहुरीबाट घर पूर्ण क्षती भएका परिवारलाई छ हजार र आशिंक क्षती भएका परिवारलाई २५ सयका दरले राहात वितरण गर्ने निर्णय पनि बैठकले गरेको उनले बताए। नगर प्रमुख साउँदका अनुसार हावाहुरीमा परी गम्भीर घाईते भएका व्यक्तिलाई पाँच हजारका दरले र समान्य घाईतेलाई २ हजार पाँच सय उपचार खर्च पनि प्रदान गर्ने भएको छ। 

कमेन्ट लोड गर्नुस