कञ्चनपुरबाट चार लाख बढीको तस्करीको सामान बरामद
कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले लाखौँ मुल्य बराबरको तस्करीको सामान बरामद गरेको छ।
वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले अन्दाजी ३ लाख ९७ हजार ६९२ मुल्य बराबरको तस्करीको सामान बरामद गरेको छ। यस्तै इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले अन्दाजी ७० हजार ८ सय मुल्यको सामान बरामद गरेको छ।
दुबै ठाउँको गरेर करिब ४ लाख ६८ हजार ४९२ मुल्य बराबरको भन्सार छलीको कस्मेटिक सामान, पेय पदार्थ र एक थान मोटरसाइकल समेत बरामद गरेको छ। बरामद गरेको सामान कारवाहीको लागि भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।