सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट भरूवा बन्दुक बरामद, साइकल यात्री फरार

२०८१ साउन २७, ०४:३६ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट भरूवा बन्दुक बरामद गरिएको छ।

प्रहरीले शनिबार राति धनगढी उपमहानगरपालिका–१८ तुल्सीबारीबाट भरूवा बन्दुक बरामद गरेको हो। इलाका प्रहरी कार्यालय बहुलिया फुलबारीबाट खटिएको प्रहरी टोलीले तुल्सीबारीबाट सुकेको खर बोकेर जाँदै गरेको साइकलबाट भरुवा बन्दुक बरामद गरेको हो।

साइकल यात्री भने फरार भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस