डडेल्धुरामा चट्याङ लागेर एकको मृत्यु, तीन जना घाईते

डडेल्धुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन्। चट्याङ लागेर परशुराम नगरपालिका वडा नम्बर ३ की १३ वर्षीया संगीता भाटको मृत्यु भएको प्रहरीले जनाएको छ। भाटलाई आज बिहान घरमा बसिरहेको अवस्थामा चट्याङ लागेको थियो।
उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको हो। यस्तै चट्याङ लागेर सोही ठाउँका थप तीनजना घाईते भएका छन्। घाईते हुनेहरुमा ४० वर्षका भरत विष्ट, ५० वर्षका महादेव भट्ट र १५ वर्षकी मीना भाट रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।




