सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतका पूर्व विदेशमन्त्री नटवर सिंहको मृत्यु

२०८१ साउन २७, १२:४७

नयाँ दिल्लीः भारतका पूर्व विदेशमन्त्री नटवर सिंहको ९३ वर्षको उमेरमा शनिबार राति मृ्यु भएको छ।

लामो समयदेखि बिरामी परेका पूर्व विदेशमन्त्रीको गुरुग्रमको एक निजी अस्पतालमा मृत्यु भएको हो। नटवर सिंहको अन्तिम संस्कार दिल्लीमा गरिने पारिवारिक स्रोतले जनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले नटवर सिंहको निधनमा शोक व्यक्त गरेका छन्। पूर्व विदेशमन्त्री नटवर सिंहलाई सन् १९८४ मा पद्मभूषणबाट सम्मानित गरिएको थियो।

नटवर सिंह सन् २००४–०५ मा यूपीए सरकारमा भारतका विदेशमन्त्री थिए। नटवर सिंहले आफ्नो पुस्तक ‘वन लाइफ इज नट इनफ’ मा सोनिया गान्धी प्रधानमन्त्री नबन्नुको कारण दिएका थिए जसलाई लिएर निकै विवाद भएको थियो। 
 

कमेन्ट लोड गर्नुस