६ सय ५९ जनाले गरे सगरमाथाको सफल आरोहण

२०७६ जेठ २९, ११:१५
हिमाल आरोहण याममा ६ सय ५९ जनाले सगरमाथाको सफल आरोहण गरेका छन्। दस्तुर बुझाएर अनुमति लिएका ३ सय ८१ जना मध्ये २ सय ८१ जनाले सगरमाथाको सफल आरोहण गरेका छन भने, उनीहरुको सहयोगीको रुपमा गएका ३ सय ७८ जना सगरमाथाको शिखरमा पुगेको पर्यटन विभागको तथ्याङकमा उल्लेख गरिएको छ।
पर्यटन विभागकी निर्देशक मिरा आचार्यले दिएको जानकारी अनुसार सगरमाथाको शिखरमा पुग्नेमध्ये ६५ जना महिला र ५ सय ९४ जना पुरुष रहेका छन्।





कमेन्ट लोड गर्नुस