सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा करेन्ट लागेर एक जना गम्भीर घाइते, उपचारका लागि भारत लगियो

२०८१ साउन २६, ०९:५८ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा करेन्ट लागेर एक जना गम्भीर घाइते भएका छन्।

जिल्लाको लालझाडी गाउँपालिका–६ का अन्दाजी २६ वर्षीय रमित चौधरी करेन्ट लागेर गम्भीर घाइते भएका हुन्।

उनलाई भीमदत्त नगरपालिका–४ मदनचोकमा विद्युतको पोलमा चढेर मर्मत गर्ने बेला करेन्ट लागेको हो। उनलाई धनगढीको नवजिवन अस्पतालले थप उपचारलागि भारत रेफर गरेको  प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस