कैलालीमा मोटरसाइकलको ठक्करबाट दुई जना घाइते
धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट दुई जना घाइते भएका छन।
जिल्लाको बर्दगोरिया गाँपालिका–५ भुरुवा स्थित भित्री सडकखण्डमा दक्षिणबाट उतरतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००८ प ८३०६ नम्बरको मोटरसाइकलले साइकललाई ठोक्दा दुर्घटना भएको हो।
उक्त दुर्घटनामा साइकल चालक बर्दगोरिया–५ का ४५ वर्षीय पिथराम थारु र साइकल पछाडि सवार रहेका ५४ वर्षीय चुन्ना कठरिया घाइते भएका छन्। उनीहरुको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।