नेपाल प्रहरी श्रीमती संघको आयोजनामा धनगढीमा वृक्षारोपण
धनगढीः नेपाल प्रहरी श्रीमती संघको आयोजनामा कैलालीको धनगढीमा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको छ।

शनिबार नेपाल प्रहरी श्रीमती संघको ४० औँ वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेशको आयोजनामा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी परिसरमा वृक्षारोपण गरिएको प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेशकी कार्यक्रम सचिव ममता विष्ट मलासीले बताइन्।

मलासीको अध्यक्षता र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रबिन्द्र केसीको सहभागितामा वृक्षारोपण कार्यक्रम सम्पन्न कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी वरिष्ठ उपरीक्षक श्यामकृष्ण अधिकारीसहित वरिष्ठ प्रहरी अधिकृतहरु, नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेशका पदाधिकारी तथा प्रहरी कर्मचारी गरेर ७० जनाको सहभागिता रहेको थियो। विभिन्न प्रजातिका ३ स २५ वटा बोटबिरुवाहरु रोपिएको छ।




