लायन्स क्लब धनगढी एभरेष्टले गर्यो ११७ थान कपडा सहयोग
२०८१ साउन २६, ०६:२६
धनगढीः लायन्स क्लब धनगढी अफ एभरेष्टले ११७ थान कपडा सहयोग गरेको छ।
धनगढी उपमहानगरपालिका–४ शिवपुरी धाममा सञ्चालनमा रहेको कपडा बैँकलाई ११७ थान कपडा सहयोग गरिएको हो।
कपडा बैँकले आवश्यक परेका नागरिकलाई निःशुल्क कपडा वितरण गर्दै आएको छ। धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको लगानीमा बैँक सञ्चालन गरिएको हो।
कमेन्ट लोड गर्नुस