लम्कीमा अटो र स्कारपिओ ठोक्किँदा तीन जना घाइते
धनगढीः कैलालीमा अटो र स्कारपिओ एक आपसमा ठोक्किँदा दुर्घटना भएको छ।
जिल्लाको लम्कीचुहा नगरपालिका–३ मा शुक्रवार भे १ स ४९६५ नम्बरको अटो र बागमती प्रदेश ०१०२६ च ७९८७ नम्बरको स्कारपिओ एक आपसमा ठोक्किँएर दुर्घटना भएको हो।
उक्त दुर्घटनामा परेर अटो चालक खेमबहादुर तारमीसहित तीन जना घाइते भएका छन्। यस्तै अटोमा सवार रहेका आरएन विक र आशिष विक घाइते भएका छन्। उनीहरुको स्थानीय प्रतिक स्वास्थ्य सेवा क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ।