सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल आउँदै भारतीय विदेश सचिव विक्रम मिस्री 

२०८१ साउन २६, १२:०४ खबर संवाददाता

काठमाडौँ: परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतीय विदेश सचिव विक्रम मिस्रीले यही साउन २७ देखि २८ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने भएका छन्।

दुई देशका विदेश सचिवबीच पारस्परिक हितका विषयलाई अगाडि बढाउने तथा सम्बन्ध थप सुदृढीकरण गर्नेलगायत विभिन्न विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले आज जनाएको छ। भ्रमणका क्रममा भारतीय विदेश सचिव मिस्रीले नेपालका विशिष्ट व्यक्तिसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

यो भ्रमण दुई छिमेकी देशबीचको नियमित भ्रमण आदानप्रदानको निरन्तरता भएको बताइएको समेत परराष्ट्र मन्त्रालयले जनाएको छ। विदेश सचिव मिस्री साउन २८ गते काठमाडौँबाट स्वदेश प्रस्थान गर्ने कार्यक्रम छ।

कमेन्ट लोड गर्नुस