सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा सेफ्टी ट्याङकीमा खसेर ४ बालबालिकाको मृत्यु

२०७६ जेठ २८, ०७:१६ खबर संवाददाता

दार्चुलामा शौचालयको सेफ्टी ट्याङकीमा खसेर चार बालबालिकाको मृत्यु भएको छ।  जिल्लाको नौगाड गाउँपालिका ४ सिप्टीमा रहेको गणेश विनायक माध्यमिक विद्यालयको शौचालयको सेफ्टी ट्याङकीको स्याल्याब भत्किदा सोही विद्यालयमा अध्ययनरत बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले विद्यालय बन्द रहेका बेला आज दिउँसो खेल्ने क्रममा स्याल्याब भासिएपछि सेफ्टी ट्याङमा परेर उनीहरुको मृत्यु भएको जनाएको छ। मृत्यु हुनेमा  अन्दाजी ५ वर्षीया बालिका  युनिका ठगुन्ना, ८ वर्षीया निरुता ठगुन्ना,१० वर्षीया  अनुष्का धामी र ९ वर्षका  सुदिश धामी रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। पानी परिरहेकाले उनीहरुको शव सेफ्टी ट्याङकीबाट निकाल्न कठिनाई भएको प्रहरीले जनाएको छ।   

कमेन्ट लोड गर्नुस