सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको ओलानीमा साझा विवेकशिलद्धारा आज पनि पानी वितरण

२०७६ जेठ २८, ०५:०९

साझा विवेकशिल पार्टीले आज पनि कैलालीको गोदावरी नगरपालिकाको ओलानीमा पानी वितरण गरेको छ। हावाहुरीपछि विद्युत सेवा अवरुद्ध भएपछि पानीको हाहाकार माच्चीएपछि साझा विवेकशिल पार्टीले आईतबार देखि ओलानी क्षेत्रमै पुगेर पानी वितरण गरिरहेको हो। 

आज गोदावरी नगरपालिकाको वडा नम्बर १२ का विभिन्न टोलमा पानी वितरण गरिएको पार्टीका सुदूरपश्चिम अभियान विभाग प्रमुख विनोद मल्लले जानकारी दिए। मल्लले आज वडा नम्बर १२ को कृष्ण मन्दिर टोल, पटकानी र पगरानीमा पानी वितरण बताए।
उनका अनुसार कृष्ण मन्दीर टोलमा पाँच सय लिटर जारको पानी र १५ पेटी पानी गर्भवती तथा सुत्केरी महिलालाई वितरण गरिएको हो।

पटकानी र पगरानी टोलमा पनि एक÷एक हजार लिटर र १५÷१५ पेटि पानी वितरण गरिएको साझा विवेकशिल पार्टीले जनाएको छ। वषौँदेखि डिप ट्युवेलको पानी प्रयोग गर्दै आएका स्थानीय बीहिबारको हावाहुरीपछि पानीको सुविधाबाट पूर्ण रुपमा वञ्चित भएपछि ओलानी क्षेत्रका वडा १० र ११ का कार्यालयले पनि ट्याङकर मार्फत पानी ढुवानी गरी वितरण गरिरहेका छन्।
 

कमेन्ट लोड गर्नुस