कञ्चनपुरमा दुई लाख बराबरको भन्सार छलीको सामान बरामद
२०८१ साउन २३, ०४:२९
कञ्चनपुरः कञ्चनपुरमा दुई लाख मुल्य बराबरको भन्सार छलीको सामान बरामद गरिएको छ।
जिल्लाको इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले अन्दाजी १ लाख ७४ हजार एक सय मुल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ।
यस्तै प्रहरी चौकी भुडाले पनि अन्दाजी १२ हजार ५ सय मुल्य गरेर १ लाख ८६ हजार ६ सय मुल्य बराबरको भन्सार छलीको सामान बरामद गरिएको छ। बरामद गरेको कुर्ती, धोती, बटन, मोटरसाइकलको ट्युव, कष्मेटिकका सामान, चिनी, सुर्ती, र बिडी बरामद गरी कारवाहीको लागि भन्सार कार्यालय पठाइएको छ।
कमेन्ट लोड गर्नुस