सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको बेहडाबाबा मन्दिरमा गंगा दशहरा मेला सुरु

२०७६ जेठ २८, ०४:१९ खबर संवाददाता

धनगढीको धार्मिक तथा पर्यटकिय स्थल बेहडाबाबा धाममा गंगादशहरा मेला सुरु भएको छ। धार्मिक पर्यटकहरुको आस्थाको केन्द्रको रुपमा विकसीत भएको बेहडाबाबा मन्दिर आजदेखि मेला गंगा दशहरा मेला सुरु भएको हो। स्थानीय स्तरबाटै आयोजना गरिएको मेला धनगढी उप–महानगरपालिका वडा नम्वर १६ मा रहेको बेहडा बाबा मन्दीरम सुरु भएको हो।

मेलाको एक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्धघाटन गरेका छन। बेहडा बाबा धार्मिक क्षेत्रको उचित प्रचार प्रशार गर्नका लागि प्रत्येक वर्ष ज्येष्ठ शुक्ल नवमीदेखी चर्तुदर्शी सम्म मेलाको आयोजना हुदै आएको छ। गंगा दशहरा मेलामा भारतीय पर्यटकहरुको घुईचो लाग्ने गरेको छ। मेला आयोजनाले बेहडा वावालाई आन्तरीक र बाह्य पर्यटकहरुको मुल गन्तव्य बनाउन टेवा पुग्ने विश्वास गरिएको छ।
 

कमेन्ट लोड गर्नुस