जागृती आधारभुत विधालयलको आयोजनामा निःशुल्क दन्त शिविर सम्पन्न
धनगढीः कैलालीको जन जागृती आधारभुत विधालयले निशुल्क दन्त शिविर सञ्चालन गरेको छ।
धनगढी उप महानगपालिका–१५ मा एक दिवसिय निःशुल्क दन्त शिविर सम्पन्न भएको छ। जनजागृती आधारभुत विधालयद्वारा आयोजित उक्त शिविरमा विद्यार्थी, शिक्षक, अभिभावक, सामाजसेवी र भलमान्सा गरि जम्मा १५४ जनाले दाँत परीक्षण गराएका थिए।
धनगढी उपमहानगरपालिका –१५ का वडाअध्यक्ष सुखदेव रानाको प्रमुख आतिथ्यता सम्पन्न उक्त कार्यक्रममा विधार्थी शिक्षक लगायत वडाका विशिष्ट ब्यक्तीहरुको उत्साहजनक सहभागिताले आफू निकै हर्शित भएको विधालयका प्रधानाध्यापक रामकुमार चौधरीले बताए।
एक दिवसिय निःशुल्क दन्त शिविरमा प्राविधिक सहयोग हिमालयन गौरीशंकर डेन्टल क्लिनिक प्रालि धनगढीले र औषधी सहरी विकास स्वास्थ्य केन्द्र उर्माले उपलब्ध गराइ सहयोग गरेको हो।